Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से परिसूचक २७ अंकले घट्यो

३ पुष , काठमाडौं । सेयर बजार परिसूचक नेप्से थप २७ अंकले घट्दै १८ सय ५५ अंकमा ओर्लिएको छ ।

लगातार घट्दो क्रममा रहेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिन नै २७.५४ अंकले घट्दै १८ सय ५५.०६ अंकमा झरेको हो ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज २.८८ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.०६ प्रतिशतले र अन्य समूहको उपसूचक २.१९ प्रतिशतले घटेको छ ।

यस्तै बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३१ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् । बजारमा आज १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै