Comments Add Comment

Advertisment

SKIP THIS

चोरीको मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीको फन्दामा

५ पुष , काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलिले हिजो चोरीको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

गत कात्तिक २५ गते स१०प १३२७ नम्बरको २२० सिसिको मोटरसाइकल ललितपुरको ललितपुर महानगरपालिका १८ मगरगाँउबाट हराएको निवेदन कार्यालयमा दर्ता भएको थियो ।

उक्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा सोमबारसाँझ ५ बजे काठमाडौंको काठमाडौं महानगरपालिका ३२ बानेश्वरबाट परिवर्तित नम्बर बा९३प ८७८ प्रयोग गरी चलाएको अवस्थामा काभ्रेपलाञ्चोकको रोशि गाँउपालिका घर भई हाल बुढानिलकण्ठ बस्ने २८ वर्षिय वाङजु लामालाई नियन्त्रणमा लिइएको हो ।

लामालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परीसर ललितपुर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै