सामुदायिक विद्यालयहरूमा ट्राफिक सचेतना कक्षा संचालन: १४ हजार विद्यार्थी लाभान्वित -
Comments Add Comment

सामुदायिक विद्यालयहरूमा ट्राफिक सचेतना कक्षा संचालन: १४ हजार विद्यार्थी लाभान्वित

काठमाण्डौ महानगरपालिका संगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले महानगरपालिका अन्तरगतका ७१ ओटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा संचालन गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले महानगरपालिका अन्तरगतका ७१ ओटा सामु महानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियम सम्बन्धी सचेतना दिने उद्धेश्यले कक्षा संचालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।

विद्यालयको एसेम्बली समयमा दिइएको ट्राफिक सचेतनामा १४ हजार ५ सय ९० जना विद्यार्थीहरू लाभान्वित भएका छन् । सचेतना कक्षामा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, बाटो काट्दा ध्यान पुर्‍याउनु पर्ने कुराहरू एवं सडक सुरक्षा सम्बन्धी आधारभुत कुराहरू समावेश गरिएको थियो । कुल ८९ ओटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा संचालन गर्ने उद्देश्यले गत मंसिर १५ गते देखि सुरु गरिएको यस अभियानमा ७१ ओटा विद्यालयमा कक्षा संचालन गरिएको र बाँकी रहेका विद्यालयमा पनि निकट भविष्यमै कक्षा संचालन गर्ने योजना रहेको छ ।

विद्यार्थीहरुले सिकेका सडक सुरक्षा सम्बन्धि ज्ञान उनीहरुका साथिभाई र अभिभावक सम्म फैलिने तथा विद्यार्थीहरु भावी सवारी चालक समेत भएकाले बालबालिकामै सिकेका कुराले दुर्घटना न्यूनिकरणका लागि महत्वपुर्ण भुमिका खेल्ने समेत प्रवक्ता भट्टले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै