९ पुष , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद डा. तोसिमा कार्कीले आफुले पाँच वर्षे संसदीय कार्यकालको समयमा सरकारबाट पाउने तलब तथा भक्ता सामाजिक कामको लागि प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।
निशुल्क महिनावारी सामागी अभियानबाट आफ्नो तलब तथा भक्ता सामाजिक कार्यको लागि सुरुवात गर्ने घोषणा गर्दै उहाँले उक्त तलब तथा भक्ताको रकम कोषमा जम्मा गर्ने सामाजिक सञ्जालमा घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘ स्वघोषणा : राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु । सुरुवात: “निशुल्क महिनावारी सामाग्री अभियान” । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विधालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क Sanitary Pads वितरणको लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु ।’



