आफूलाई डाक्टर हुँ भन्दै युवतीलाई ललाइफकाइ गरि ४० लाख ठग्ने मातृका जैशी प्रहरीको फन्दामा -
Comments Add Comment

आफूलाई डाक्टर हुँ भन्दै युवतीलाई ललाइफकाइ गरि ४० लाख ठग्ने मातृका जैशी प्रहरीको फन्दामा

काठमाडौं । आफूलाई डाक्टर हुँ भन्दै ठगी गर्ने एकजना प्रहरीको फन्दामा परेका छन् ।

आफू डाक्टर भएको र तिमीलाई बिहे गर्छु भनेर एक युवतीलाई ललाइफकाइ ४० लाख रुपैयाँ लिने कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशी पक्राउ परेका हुन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

जैशीले आफू १२ औँ तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ । एक युवतीलाई बिहे गर्ने भनेर उनले पटक–पटक गरेर ४० लाख रुपैयाँ लिएर फरार भएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मात्रिका जैसी डाक्टर नै नभएको खुलेको छ । ‘आरोपी नक्कली चिकित्सक रहेको थाहा भएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी तथा एसपी सीताराम रिजालले भने, ‘चिकित्सकको आवरणमा उनले ठगी गर्ने गरेको थाहा भएको छ, थप अनुसन्धान गर्दैछौँ ।’

कञ्चनपुर पुनर्वासका जैसी भक्तपुरको कौशलटारमा बस्दै आएका थिए । काठमाडौँ प्रहरीले उनको डेरामा खानतलासी समेत गरेको छ ।

प्रहरीका अनुसार करिब १८ महिनाको अवधिमा उनले ती युवतीलाई प्रेमजाल बिछ्याए । एप्रोन लगाएर भिडियो कल गर्थे र भन्थे, ‘म वीर अस्पतालमा ड्युटीमा छु ।’ प्रेम जालमा पारेपछि उनले विभिन्न बहाना बनाएर पैसा माग्ने गरेको युवतीले प्रहरीलाई बताएकी छन् ।

जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई उनीमाथि जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै