Comments Add Comment

Advertisment

SKIP THIS

सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि आदेश

१३ माघ, काठमाडौं। काठमाडौं जिल्ला अदालतले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बिहीबार उक्त घटनाका नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३र३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी काठमाडौँले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै