२३ जेठ , काठमाडौ । सरकारले बजेटमार्फत चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति अघि सारेको भन्दै नेविसंघलगायतका अन्य विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
चुरे क्षेत्रलाई नै बिनाश गर्नेगरी सरकारले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने तयारी गरेको भन्दै बिरोध स्वरुप उनीहरूले काठमाडौँको कोटेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
उनीहरूले सरकारले लिएको उक्त नीति तत्काल फिर्ता लिन माग गरेका छन् । चुरे बिनाश गर्ने नीति फिर्ता नलिए कडा आन्दोलन गर्ने नेविसंघका नेता सञ्जय बुढाथोकीले बताए ।
विद्यार्थीहरुले पुत्ला दहन गर्नेबितिकै प्रहरीले हस्तक्षेप गरेको थियो । यसअघि आइतबार नै नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले काठमाडौँको गंगबुमा चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै विरोध प्रदर्शन गरेको थियो ।