नेपाल प्रहरी स्कुल धरानका फुटवल टिमका बिजयी खेलाडीहरुलाई १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बधाई तथा शुभकामना दिनु भएको छ । यही मंसिर २१ गतेबाट नेपाल प्रहरी बिधालय साँगामा संचालित “२८ औं अन्तर माध्यमिक बिधालय आईजीपी कप फुटवल रनिङ ट्रफी २०७९” मा नेपाल प्रहरी स्कुल धरानका सहभागी फुटबल खेलाडीले खेलमा प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।

डिआईजी सुदिप गिरिले बिजयी खेलाडीहरूलाई बधाई दिँदै विद्यालयको स्तरोन्नति तथा विकासका लागि विद्यालयहरूले शैक्षिक तथा अन्य गतिविधिहरूलाई समयानुकुल, परिष्कृत र परिमार्जित गर्दै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । शारीरिक तथा मानसिक बिकासको लागि खेलकुद जीवनमा अपरिहार्य रहेको चर्चा गर्दै डिआईजी गिरिले खेलकुदले एक-अर्कामा समन्वय राखी समूहमा कार्य गर्ने सीप समेत विकास गर्ने विचार व्यक्त गर्नुभयो ।

पछिल्लो समय खेलकुद प्रतिको आकर्षण बढ्दै गएको र विभिन्न खेलका खेलाडीहरूले उल्लेखनीय कीर्तिमान बनाउन सफल भएको उल्लेख गर्दै डिआईजी गिरिले प्रतियोगितामा सहभागि खेलाडीहरूले पनि भविष्यमा आफ्नो क्षमता अभिवृद्धि गरी देशको छवि उच्च राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । खेलमा सहभागी भई धरान फर्कि आएका बिधालयका प्राचार्य, समादेशक सहितको खेलमा प्रथम स्थान हाँसिल गर्न सफल खेलाडी टोलीलाई प्रदेश प्रहरी प्रमुख गिरीले फुल माला र खादा ओढाई बधाई तथा शुभकामना दिनु भएको हो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका निमित्त कार्यलय प्रमुख सहित अन्य प्रहरी कर्मचारी तथा शिक्षक एवं बिधार्थीहरुको उपस्थिति रहेको थियो ।







