Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकास्तरीय फुटसल च्याम्पियनशिप सुरु (तस्वीरहरु)

१४ असार , काठमाडौ ।  नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनशिप आजबाट सुरु भएको छ।

संगठनका अध्यक्ष क्षितिज थेबेले आजबाट उद्धाटन गरिएको फुटसल खेल प्रतियोगितामा बोल्दै एमालेमा नवयुवाहरुको आकर्षण बढेको बताए।

नवयुवाहरुले आशा गरेको पार्टी एमालेको राष्ट्रियताको सवालमा, आम जनताको जनजिबिकाको सवालमा, कृषक र किसानको पक्षमा, महंगी र भष्ट्रचारको विषयमा अनेकौं मुद्दामा जसले दिर्घकालिन देशलाई असर पार्ने निर्णय बिरुद्ध खबरदारी गर्ने जस्ता रचनात्मक कार्यहरु गर्ने भएको कारण पनि युवाहरुको क्रेज एमाले प्रति भएको बताए।

आजदेखि सुरु हुने प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट गोल रक्षकलाई समान १०-१० हजार दिइनेछ।

प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लास्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको विभिन्न फुटसल टिमलाई सहभागिता गराइनेछ।

उपत्यकाका २१ वटै स्थानीय तहबाट आजदेखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ-आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समारोह बीच फाइनल खेल हुने युवा संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment