Comments Add Comment

Advertisment

SKIP THIS

बालकोटमा उत्साहपूर्ण भेला, बालुवाटारमा छायो सन्नाटा

१० पुष , काठमाडौं । बालुवाटारमा बिहानभर सत्तारुढ गठबन्धनको बैठक चल्यो । तर, सहमति जुट्न सकेन ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले प्रधानमन्त्री नछोडेपछि सहमति जुट्न नसकेको हो ।

गठबन्धनको बैठकमा देउवाले पहिलो कार्यकालको प्रधानमन्त्री बनाउँछु भनेर गरेको वचन तोडेको प्रचण्डले आरोप लगाए । र, गठबन्धनको औचित्य समाप्त भएको भन्दै बालकोटतिरको बाटो समाते ।प्रचण्ड बालुवाटारबाट बालकोट पुगेपछि एमाले, माओवादी, रास्वपा र राप्रपाको छलफल चलिरहेको छ । यी चार दल मिले सहजै सरकार गठन हुन्छ ।

बालकोटमा उत्साहका साथ अर्को समीकरणका लागि बैठक चलिरहेको बेला बालुवाटारमा भने सन्नाटा छाएको छ । काङ्ग्रेसहरू सत्ता बाहिर बस्नुपर्ने सम्भावित परिस्थितिका कारण नाजवाफ भएका छन् ।

कांग्रेस सभापति देउवा सधैँ भन्ने गर्थे– ‘एमाले र माओवादी मिले हामीलाई २०७४ कै अवस्थामा पुर्याउँछन् । त्यसैले माओवादीलाई बिच्काउनु हुन्न ।’

परिस्थिति देउवाले भनेकै अवस्थामा पुगेको छ । बालकोटमा सहमति जुटेको अवस्थामा कांग्रेस बाहेकको सरकार गठन हुने छ । त्यस्तो अवस्थामा कांग्रेस सत्ता बाहिर बस्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै