Comments Add Comment

Advertisment

SKIP THIS

सीके राउत पनि पुगे बालकोट

१० पुष , काठमाडौं । जनमत पार्टी अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन् ।

एमाले, माओवदी, राप्रपा र रास्वापको छलफल चलिरहेको बेला राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका हुन् ।

नयाँ सरकार गठनका लागि नयाँ समीकरणको अभ्यास भइरहको बेला बालकोट पुगेका राउतले भने– ‘गठबन्धनको लागि छलफल चलिरहेको छ । आउनुहोस् भनेर बोलावट भयो त्यसैले आएँ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् ।

दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै