Comments Add Comment

Advertisment

SKIP THIS

खोपाको श्याउ : चर्पीको हाउ !

.(खिमराज गिरी)

अकवर बिरवलको कथामा आधारित विभिन्न शिर्षकका कथाले नेपाली राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा प्रत्यक्ष तथा परोक्षरुपमा असर पारि नै राखेको देखिन्छ । अकवर बिरवलको कथामा अकवर घमन्डी र हठी बादसाहका पात्र हुन भने बिरवल चलाख मन्त्रीको पात्र ।

अकवर राजाको घमन्डलाई धुजा धुजा पार्नको लागि बिरवलद्वारा चर्पीको हाउगुजीकोरुपमा रचिएको यो कथा खासगरी अहिले हाम्रो समाजका केही ब्यक्तिहरुको राजनीतिक चरित्रसंग मेल खान्छ । यहाँका केही पार्टीका नेता तथा कार्यकर्तालाई हेर्ने हो भने तिनको चरित्र सिद्दान्दनिष्ट भन्दा पनि राजनीतिक हिसावले ब्यक्तिवादी देखिन्छ ।

जुन पार्टीको नेतासँग उसको राम्रो सम्बन्ध छ र उसवाट फाइदा लिन सकिन्छ प्रायस् ब्यक्तिहरु त्यस्ता नेताहरुको पछि लागिपरेका हुन्छन । सामान्यतय स् राजनीति गर्ने ब्यक्ति समाजको जुनसुकै परिबेशसँग पनि घुलमेल गर्न सक्ने हुनुपर्दछ । जस्तोसुकै परिस्थितिको पनि सामना गरी ब्यक्तिवाद, परिवारवाद, पार्टीवादको स्वार्थवाट टाढा रहि जो ब्यक्तिहरु सामाजिक परिबेशमा रास्टृय चिन्तनमा डुवी जस्तोसुकै परिस्थितिसँग पनि सामना गर्न तयार हुन्छन , ती नै असली राजनीतिज्ञ हुन, न कि , कुनै नेतासँग ब्यक्तिगत काम नमिलेकै कारण तिक्तता भयो भन्दैमा सिद्दान्त नै परिवर्तन गरी बाटो बिराउने कार्यकर्ता ठीक हुन्छन ! झन अहिलेको नयाँ प्रविधिले त सामाजिक सन्जालमा केही तथ्यपरक तथा केही झुट्टा कुराहरु फैलाएर यति दुर्गन्धित बनाइएको छ कि !

तैपनि उहिले रास्ट्रवादी हुं भन्नेहरुको रास्ट्रवाद खोइ आज ?

आज यी चारतारेका चौतारीमा दम नभएका नामर्दहरु चुपचाप र गुमनाम छन्। ओली हुँदा बोल्न हिम्मत आउने यी ज्वाई साहेवहरु अझ पन्ध्र वर्ष भारतीय मतियार भएर पार्टी हांकेकाहरु अनि क्रान्तिकारी झुजारु भनिनेहरुको असली रास्ट्रवाद त लङौटीको छत्रछाँयामा परेपछि त यस्ता सिंहहरु एकाएक नामर्द हुदा रहेछन् । सरकारको बिरोध गर्नु त कता हो कता एक शब्दलेसमेत प्रहार गर्ने हिम्मत देखाएनन । यो कस्तो अचम्मको रास्ट्रवाद ?

समग्रमा भन्नुपर्दा रास्टियताको मामलामा नेपालका केही राजनीतिक पार्टीहरु, मिडिया, बुद्दिजीवी वर्ग, मानवधिकारवादी, जनसरोकारमा चासो राख्ने सामाजिक अभियन्ताहरु प्रायको धारणा हात्तीको देखाउने दांत र चपाउंने दांत जस्तै देखियो । 

९८५११९२०८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै