३ असोज , काठमाडौ । सशस्त्र प्रहरी बल नेपालले बुधबार बिहानको २ बजे काठमाडौको दक्षिणकाली नगरपालिका -८ कटुवाल दह स्थित बागमती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० बर्षका रामबहादुर लामाको सकुशल उद्दार गरेको छ ।
पानीको बहाब कम भएको बेला नदी पारी गएका लामा बहाब बढेसंगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । उक्त घटनाको खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० बिपद् उद्दार उपत्यका गणबाट गोताखोर सहितको ९ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण किर्तिपुरबाट गएको १५ जना सहितको सुरक्षाफौजले रातको समयमा उनको सकुसल उद्दार गरेको हो।
मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्दार गरेपश्चात लामालाइ आफन्तको जिम्मा लगाइएको सशस्त्र बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापा जानकारी दिए।


