Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश -१ का सांसदहरुले आज शपथ लिँदै

११ पुष , काठमाडौं । प्रदेश नं १ का प्रदेशसभा सदस्यले आज दिउँसो साढे १ बजे शथप ग्रहण गर्ने भएका छन्।

प्रदेश सांसदले शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न साढे १२ बजे शपथ गराउने प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसपछि उनले ९२ जना सांसदलाई शपथ गराउने कार्यकम छ।

सचिवालयकाअनुसार प्रदेशसभाका पाँच जना सांसदले मातृ भाषमा लिने भएका छन्। इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम-लिम्बू)मा शपथ लिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै