Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल टी २० : आज दुई खेल हुँदै, फार वेस्ट फिल्डिङमा

११ पुष , काठमाडौं । नेपाल टी २० लिगअन्तर्गत आज (सोमबार) दुई खेल हुँदैन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आफ्नो दोस्रो खेलमा काठमाडौं नाइट्सविरुद्ध फार वेस्टले टस जितेर फिल्डिङ रोजेको छ । फार वेस्ट प्रतियोगितामा पहिलो जितको खोजीमा छ । शनिबार आफ्नो पहिलो खेलमा फार वेस्टले लुम्बिनी अल स्टार्सलाई ६७ रनको नतिजा सुम्पिएको थियो ।

काठमाडौं भने प्रतियोगितामा लगातार दोस्रो खेलसम्म जितको लय कायम राख्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा पोखरा एभेन्जरलाई २६ रनले हराएको थियो ।

कीर्तिपुरमा आजै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Advertisment

छुटाउनुभयो कि? सबै

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै