Comments Add Comment

Advertisment

SKIP THIS

अमेजन प्राइममा ‘जेम्स बोन्ड’ का सबै फिल्म आउँदै

२५ चैत , काठमाडौं । बेलायती जासुसको कथामा निर्माण हुने फिल्म जेम्स बोन्ड हल बाहेक अन्य प्लेटफर्ममा उपलब्ध हुने गरेका छैनन् ।

लामो समयदेखि जासुसीको कथामार्फत दर्शकको प्रिय पात्र बन्दै आइरहेका विभिन्न जेम्स बोन्डहरूलाई अब भने ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा हेर्न पाइनेछ ।

जेम्स बन्ड सिरिज निर्माता एमजीएमले अमेजन भिडियोसँग गरेको सम्झौताका आधारमा ती फिल्म यो प्लेटफर्ममा उपलब्ध हुन लागेका हुन् । प्राइमले यही अप्रिलको १५ देखि दर्शकले जेम्स बन्ड सिरिजका फिल्म हेर्न सकिने जानकारी गराएको छ ।

एमजीएमले आफूले निर्माण तथा वितरण गरेका ४ हजारभन्दा बढी फिल्म र १७ हजारभन्दा बढी टीभी सिरियल अमेजनको प्राइम भिडियोलाई उपलब्ध गराएको हो । सम्झौताअनुसार बोन्डको पहिलो फिल्मदेखि हालै रिलिज भएको ‘नो टाइम टु डाई’ सम्म प्राइममा पाइने छन् । प्राइमले यही अप्रिलको १५ देखि दर्शकले जेम्स बन्ड सिरिजका फिल्म हेर्न सकिने जनाउँदै यो सीमित समयका लागि मात्र उपलब्ध हुने पनि प्रष्ट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै