कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ -
Comments Add Comment

कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ

१० मंसिर , काठमाडौ । कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो ।

प्रहरीका अनुसार प्रक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का ३६ वर्षीय हरि भट्ट रहेका छन् । सोमबार दिउँसो उनी समातिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले उनलाई हातहतियार, खरखजाना मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो । अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो ।

तर, उनी उक्त सजाय पूरा नगरी फरार रहेका थिए । अहिले फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

हातहतियार बुझाउन सिडिओको निर्देशन


This will close in 20 seconds