Comments Add Comment

Advertisment

SKIP THIS

सुमो चलाउने १ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा चलाइयो

१४ पुष , काठमाडौं । काठमाडौंको फर्पिङबाट मंगलबार पक्राउ परेका सुमो चालकलाई प्रहरीले अभद्र व्यवहारमा मुद्धा चलाएको छ ।

मदिरा सेवन गरि ना १ ज ४४ ६५ नम्बरको भाडाको टाटा सुमो चलाउँदै गरेका चालक मकवानपुर घर भएका ४८ वर्षीय बिरेन्द्र कुमार लामालाई मंगलबार ट्राफिक प्रहरीले काठमाडौँको फर्पिङबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी वृत किर्तीपुरमा बुझाएको थियो । पक्राउ परेका लामामाथि बुधबार अभद्र व्यवहार मुद्धामा दिन ४ (चार) म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त किर्तीपुरलेजानकारी दिएको छ ।

मदिरा सेवन गरि सवारी साधन चलाउँदा आफु सहित यात्रुको समेत ज्यान जोखिममा पर्ने भएकाले मदिरा सेवन गरेर सवारी साधन नचलाउन सम्पुर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै