Comments Add Comment

Advertisment

SKIP THIS

कम्बोडियामा ज्यान गुमाएका निराकरको शव ल्याउन प्रधानमन्त्रीको निर्देशन

१६ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियामा ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास बैरागीलाई जति सक्दो चाँडो शव ल्याउनका लागि सहजीकरण गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। र, मुख्य सचिवज्युलाई मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको छ ।’

कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डे फसेका थिए । त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए ।

त्यसपछि १२औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । होटलमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको थियो । यस घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेको संयोजक शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै