Comments Add Comment

Advertisment

SKIP THIS

अख्तियारद्वारा बिक्रम पाण्डेविरुद्धको भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन

१७ पुष , काठमाडौ । राप्रपाका सांसद बिक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो ।

सो मुद्दामा उनी लगायत सबैलाई बिशेष अदालतले सफाई दिएको हो । भ्रष्टाचार भएको पर्याप्त प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो ।

सिक्टा सिचाईमा दुई अर्ब १३ करोड ७६ लाख भ्रष्टाचार भएको दाबीसहित बिशेष अदालतमा मुद्दा परेकोमा गत ५ असारमा सफाइ दिएको हो ।

मुद्दामा सफाइ पाएपछि उनी गत मंसिरको चुनाव लड्न पाएका थिए । चितवन ३ बाट विजयी समेत भए । सर्वोच्चमा मुद्दा गएपछि उनको पद के हुन्छ भन्ने अन्योल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै