Comments Add Comment

Advertisment

SKIP THIS

सत्ताका लागि मात्र बनेको सत्ता गठबन्धनको आयु छैन- कांग्रेस प्रवक्ता महत

२० पुष , काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न विचार बोकेका दलहरू मिलेर बनेको वर्तमान सत्ता गठबन्धनको आयु नरहेको टिप्पणी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नचाहने शक्तिहरू समेत सहभागी भएर सत्ताका लागि मात्र बनेको गठबन्धनको आयु नरहेको टिप्पण गरेका हुन् ।

प्रवक्ता महतले भने– ‘वर्तमान सत्ता गठबन्धनको आयु छैन । किनकी, यो सत्ता गठबन्धन नितान्त सत्ताका लागि मात्र बनेको छ । यहाँ विभिन्न विचारहरू एक ठाउँमा आएका छन् । यस्तो गठबन्धन स्वभाविक हुँदैन । त्यसैले लामो समय टिक्दैन । गठबन्धन आवद्ध दलहरूबीच नै विरोधाभास छ । त्यसैले, यो गठबन्धनको आयु छैन ।’

नेकपा माओवादी केन्द्रले धोका दिएका कारण कांग्रेस सत्ताबाहिर रहनु परेको भन्दै प्रवक्ता महतले अब एक्लै चुनाव जित्नसक्ने शक्तिको रुपमा कांग्रेसलाई स्थापित गर्नु अबको जिम्मेवार रहेको समेत बताएका छन् ।

प्रवक्ता महतले कांग्रेस अब लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध सशक्त प्रतिपक्षको भूमिकामा रहने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै