Comments Add Comment

Advertisment

SKIP THIS

कर्णाली प्रदेश प्रमुख डिआईजी पोषराज पोखरेलको प्रमुख आथित्यतामा दिक्षान्त समारोह सम्पन्न

१० भदौ , काठमाडौँ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, र कर्णाली प्रदेश विशेष सुरक्षा गण, सुर्खेत हाल नेपालगन्जमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम (९-१३८) औँ समूहका प्रशिक्षार्थीहरुको तालिम कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलको प्रमुख आथित्यतामा एक समारोहका बिच सम्पन्न भएको छ ।

दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुद्धारा कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई सम्मान सलामी अर्पण गरिएको थियो । सलामी ग्रहण पश्चात प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले दिक्षान्त कवाजको निरीक्षण गर्नुभयो ।

त्यस पश्चात प्रत्येक प्रहरी कर्मचारीहरुले आ-आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, विरताको प्रतिक खुकुरी र प्रहरी झन्डालाई साक्षी राखी आफू सदैव कर्तव्यनिष्ठ भई कुनै द्धेशभाव, लोभलालच, भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी सपथ लिएका थिए भने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक चक्र बहादुर सिंहले शब्दोचारण सहित प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुभयो ।

तालिममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने १६ जना प्रशिक्षार्थीहरु तथा तालिममा खटिएका उत्कृष्ट प्रशिक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक पोखरेलद्वारा पुरस्कृत गरिएको थियो । जम्मा २३४ कार्य दिनको उक्त आधारभुत तालिम कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र र कर्णाली प्रदेश विशेष सुरक्षा गण सुर्खेत (हाल:नेगं)मा मिती २०७८ असोज १७ गतेबाट विधिवत रुपमा उद्‌घाटन भई सञ्चालनमा आएको बताउँदै उक्त आधारभुत तालिममा सहभागी महिला पुरुष गरि कुल ४८५ जना प्रशिक्षार्थीहरु मध्ये १९२ जना “ क” श्रेणी र २७८ जना “ख” र १५ जना “ग” श्रेणीमा उत्तीर्ण भएका प्रशिक्षार्थीहरु तालिमबाट आवश्यक ज्ञान, सिप, कला र कौशल हासिल गरि आजबाट कार्यक्षेत्र प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भेरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डिल्लिराज विष्ट, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डे लगायत नेपालगंज स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, कर्णाली प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, पूर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै