Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते

२१ पुष , काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र गर्नुपर्ने हुन्छ ।

यसअघि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरी माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन गर्न परामर्श दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै