Comments Add Comment

Advertisment

SKIP THIS

कुवेत पठाईदिन्छु भन्दै ७ लाख ठगी गर्ने विजय पुलामी मगर पुतलीसडकबाट मगर पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कुवेत पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी नगरपालिका-६ स्थाई घर भई हाल काठमाडौंको कलंकी बस्ने विजय पुलामी मगर रहेका छन् ।

 

मगरले वैदेशिक रोजगारीको लागि कुवेत पठाई दिने भन्दै बिरबहादुर गुरुङसहित १३ जनासंग ७ लाख ७५ हजार दुई सय रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

मगरले कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने र मासिक ५५ हजार कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

मगर ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।
पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मगरलाई आज पुतलीसडकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै