काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ मा पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई टिपरले ठक्कर दिएर घाइते भएकालाई आक्रमण गरी हत्या आरोपीत ४ जनालाई जेल चलान गरिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंको २ नं इजलासको फैसला अनुसार आरोपीतलाई जेल चलान गरिएको बताइएको छ । प्रहरी बृत बालाजुको अनुसार जेल चलान हुनेमा टिपर चालक शंकर बलामी र हत्यामा सहयोगी विमल बलामी र राहुल बलामी पूर्वपक्षका लागी केन्द्रिय कारागार चलान भएका छन भने नावालक सहचालक डल्ले बलामी भतपुर सुधारगृह चलान भएका छन । घटनामा खडा गरिएका नक्कली चालक सिन्धुलीका शिव विकलाई रु १५००० धरौटीमा रिहा गरिएको छ ।२१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा५ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेका थिए ।
दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरवालाहरु भागेका थिए ।
सविन फुयाँललाई टिपरले ठक्कर दिएर घाइते भएकालाई आक्रमण गरी हत्या गरेको भन्दै विरोध प्रदर्शन भैरहेको थियो ।


