
२३ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न शनिबार डा. भट्टराई बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच वर्तमान समसामयिक राजनीतिमा केन्द्रित कुराकानी भएको डा भट्टराईको सचिवालयले जनाएको छ ।
सो क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ । नेकपा माओवादी र नेसपाबीच एकता गर्ने कुरा चुनावताका नै छलफल भएको थियो । सोही पार्टी एकताको विषयलाई मूर्तरुप दिन केही दिनयता अनौपचारिक रुपमा दुई नेताबीच छलफल हुँदै आएको हो ।