फेरि सत्ताकै मोह ! -
Comments Add Comment

फेरि सत्ताकै मोह !

२४ पुष , काठमाडौं । गैरवाम सरकार बनाउने कांग्रेसको योजना स्थगित भएको छ । यसै सन्दर्भमा देउवा दाहाल सरकारलाई विश्वासको मत दिएर भविश्यमा फेरि पनि सत्ता हत्याउने दाउमा छन । उता पौडेलले पनि गतसाता सहमतीको राष्टृय सरकार भनेर आफ्नो राय प्रकट गरिसकेका छन । यसो गर्दा उनले अझै पनि राष्ट्रपति बन्ने आशा मारेका छैनन भनेर राजनीतिक बृत्तमा हंगामा फैलिएको छ । उता कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकास भने सशक्त प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन । तसर्थ सत्ता बाहिर बस्नुको पीडा युवालाई भन्दा बृद्व नेतालाई बढी नै हुंदोरहेछ ।

यही कुर्चीको हुटहुटीले गर्दा राष्टृयस्तरका मुद्वा तथा जनजीविकाका प्रश्नहरु संधै अनुत्तरित नै रहेका छन । उता दाहाल भने आफुलाई बिश्वासको मत दिलाउन हर पल प्रयत्नरत छन । राप्रपा, रास्वपालगाएतका अन्य साना दलहरु भागबन्डामै केन्द्रीत छन । तैपनि नेपालको सत्ता साझेदारीमा बिदेशी शक्ति राष्ट्रहरुको चलखेल हुनु यो जस्तो बिडम्बनाको कुरा अरु हुनै सक्दैन । त्यसैले , नेपालको राजनीतिको सांचो बाहिरी शक्तिको प्रभाव र दवाव नै मूख्य हो भन्ने कुरामा त दुई मत छैन नै । तर, यहाँका राजनीतिक दलका नेता, कार्यकर्ता, जनता, बुद्दिजीवी, मानवधिकारकर्मीहरु आदिले सत्ता र शक्ति अर्थात मनी र मसलको लोभ र मोहमा नफंस्ने र इमान्दारीताको भावना प्रकट गर्न सक्ने हो भने सायद बिदेशीको खेल्ने मैदान सवै दर्शकबिहीन नै हुन्थ्यो तर गति र मति बिगृएको राज्य प्रशासनको हुंकारले देश त पछि पर्यो नै जनताको दैनन्दिनी फेरिन पनि मुश्किल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds