सिरहामा चल्यो गोली -
Comments Add Comment

सिरहामा चल्यो गोली

२४ पुष , काठमाडौं । सिरहामा गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् । सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गएराति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरुको आरोप छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds