वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट , काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो -
Comments Add Comment

वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट , काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

२५ पुष , काठमाडौं । करिब दुई दशकदेखि राजधानी काठमाडौं केन्द्रित वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण सेवा आइतबारदेखि देशका सातै प्रदेशबाट दिन सुरू भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले लिने नयाँ वैधानिकीकरण व्यक्तिगत र संस्थागत श्रमस्वीकृति अहिलेसम्म काठमाडौंस्थित कार्यालयहरुले मात्र दिँदै आएका थिए । यस्तै, मेनपावरलाई दिने सेवा पनि काठमाडौं केन्द्रित थियो । आइतबारदेखि यी सबै सेवा काठमाडौंसँगै बाँकी ६ प्रदेशबाट दिन सुरू गरिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमकान्त आचार्यले सबै किसिमका श्रमस्वीकृति, मेनपावर तथा अभिमुखीकरण संस्थाका सबै काम काठमाडौंसहित सात वटै प्रदेशबाट सुरू भएको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds