Comments Add Comment

Advertisment

SKIP THIS

कर्णालीमा माओवादी नेतृत्वमा सरकार गठन हुने

२५ पुष , काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र०को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ। निर्णयसँगै कर्णालीको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने निश्चित भएको छ। रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नेछन्।

पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो। १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ।

उत्ता मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ। तर, एमालेबाट सभामुखमा कसलाई पठाउछ भन्ने टुंगो अझैँ हुन सकेको छैन।

एमालेको १० सिट कर्णाली प्रदेशसभामा रहेको छ। सरकार बनाउनका लागि २१ सिट भए पुग्छ। माओवादी र कांग्रेस मिलाएर २३ सिट छ। प्रदेश प्रमुख तिलक परियारले २७ गते बेलुकी ५ बजे सम्मा मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न समय दिएका छन्।

सभामुख र उपसभामुख चयनको मिति तोकिने कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार (आज) दिउँसो १ बजे बस्दै छ।

जेष्ठ सदस्य विनानेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो।

बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ। बैठक १ बजे बस्दै छ।

प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले भने, ‘सभामुख र उपसभामुख चयनको मिति तोक्ने बाहेक अन्य खासै एजेण्डा केही छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै