२५ पुष , काठमाडौं । सोमबार कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक ६.८४ अंकले उकालो लागेको छ । यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ ।
२१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ५९ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर छ ।
यता, १३ उपसुचकहरु मध्ये ६ वटा कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा ओरालो लागेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।