“अब सबै मिलेर काम गरौँ, सरकार बनाउने र ढाल्ने खेलमा नलागौँ “ -
Comments Add Comment

“अब सबै मिलेर काम गरौँ, सरकार बनाउने र ढाल्ने खेलमा नलागौँ “

२५ पुष , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अवसरसँगै धेरै चुनौती पनि रहेको बताएका छन ।

आजको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अर्थतन्त्र धेरै नै समस्यामा रहेको भन्दै सुझबुझपूर्ण ढङ्गले काम गर्नुपर्ने बताए । अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको, राजस्वकाे सङ्कलन धेरै वर्षपछि ऋणात्मक अवस्थामा रहेकाे, महँगी बढेको, आयात डरलाग्दो र निर्यात टिठलाग्दो अवस्थामा रहेकाे लगायतका समस्या समाधान गर्नुपर्ने दायित्व रहेको ओलीको भनाइ छ ।

देशले नयाँ परिवर्तन खोजेको सङ्केत चुनावअघि नै देखिएको भन्दै ओलीले नयाँ दल र सांसदले पनि सांसद बन्नकै लागि नभएर नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देशका लागि सँगै काम गरौँ, लेट्स वर्क टुगेदर ।’ अध्यक्ष ओलीले आन्दोलनको असरबाट मुक्त नभएको बताएका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले घाइते, अपांगका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिए । कुर्सीमा मात्रै ध्यान नदिन उनले सासंदहरुलाई आग्रह गरे ।

अध्यक्ष ओलीले व्यक्तिको मानसम्मानका लागि सरकार बनाउने नभई देश र जनताका लागि सरकार गठन गर्नुपर्ने बताएका छन् । उनले देश र जनताका लागि काम गनुपर्ने दायित्व आफूहरुको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds