ग्यास विस्फोट हुँदा भक्तपुरमा एक जना घाइते -
Comments Add Comment

ग्यास विस्फोट हुँदा भक्तपुरमा एक जना घाइते

२५ पुष , काठमाडौ । खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा भक्तपुरमा एक जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका-३ बालकोटमा ग्यास सिलिण्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन् ।

भक्तपुर प्रहरीले जनाएअनुसार स्थानीय रामप्रसाद थपलियाको घरको बाहिरको भान्सा कोठामा सिलिण्डरबाट लिक भएर ग्यास विस्फोट भएको हो । विस्फोटबाट रामप्रसादकी श्रीमती तारा घले घाइते भएकी हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

विस्फोटबाट भान्साको वाल, सिसालगायत पार्किङमा रहेको गाडीको सिसामा समेत क्षति पुगेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds