उपत्यका ट्राफिक प्रहरीले लागू गरेको नयाँ जरिवाना कार्यान्वयन नहुने -
Comments Add Comment

उपत्यका ट्राफिक प्रहरीले लागू गरेको नयाँ जरिवाना कार्यान्वयन नहुने

२५ पुष , काठमाडौ । उपत्यका ट्राफिक प्रहरीले सवारी नियम उलंघनमा गत पुस ३ गते बृद्धि गरेको जरिवानाबाट पछि हटेको छ ।

कानुन विपरीतको जरिवाना गरिएको भन्दै चालक, यातायात ब्यवसायीको चर्को दवाव र यातायात ब्यवस्था विभागमा दिनहुँ उजुरी पर्न थालेपछि विभागले ट्राफिक प्रहरीलाई जरिवाना वृद्धि फिर्ता लिन निर्देशन दिएको हो ।

जरिवाना बृद्धि फिर्ता लिन विभागले निर्देशन दिएसँगै यसअघि कानुन विपरीत गरिएको जरिवाना बृद्धिको निर्णयबाट ट्राफिक प्रहरी पछि हटेको छ । ‘दफा १६४ का कसुरमा पटक पटकको फरक फरक जरिवाना लिनु एकै पटक अधिकतम जरिवाना नलिनु भन्ने यातायात ब्यवस्था विभागबाट निर्देशन भएको छ,’ पुस ३ मा गरिएको जरिवाना बृद्धि अब कार्यन्वनमा जाँदैन, विभागको निर्देशन कार्यान्वनका लागि बैंकहरुलाइ पत्रचार गर्ने र सफ्टवर मिलाउने काम हुँदै छ,’ उपत्यकका ट्राफिक प्रहरी कार्यकालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले नेपाल टेलिभिजनलाई भने ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा यातायात निरीक्षण वा प्रहरीले तत्काल गर्न सक्ने जारिवाना उल्लेख छ । ऐनमा २० वटा विभिन्न शीर्षकमा पहिलो पटक कारवाही हुदाँ ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक गल्ति गर्दा १५ सय जरिवानाको व्यवस्था गरेको छ ।

ऐन अनुसार ट्रफिक संकेतको उलंघन, एकतर्फी बाटोमा सवारी साधन चलाएको, लाइन क्रसदेखि पार्किङ निषेध क्षेत्रको कारवाही ५ सयदेखि सुरु भएर १५ सय सम्म पुर्‍याउनु पर्छ तर ट्राफिक प्रहरीले भने पुस ३ गतेबाट पहिलो कै गल्तीमा १५ सय जरिवाना लिदै आएको थियो ।

कानुन विपरित पहिलो पटकको गल्ती गर्नेबाटै १ हजार ५ सय जरिवाना लिएको सम्वन्धमा नेपाल टेलिभजनको समाचार प्रसारण भएको थियो । एनटिभी न्युजको नीति र नतिजा कार्यक्रम र नेपाल टिभी अनलाइनमा यस सम्वन्धी विशेष रिपोर्ट सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds