हामीलाई गफाडीको राजा भन्न सकिन्छ : माधव नेपाल -
Comments Add Comment

हामीलाई गफाडीको राजा भन्न सकिन्छ : माधव नेपाल

२६ पुष , काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको जड राजनीतिक इच्छाशक्तिको कमी भएको बताएका छन् ।

आज विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भ्रष्टाचार ठूलो समस्या बनिसकेको बताए ।

गफ ठूलो गर्ने, तर आफैं भ्रष्टाचारको संरक्षक, उत्प्रेरक हुने गरेको भन्दै उनले भने, ‘आफू संलग्न नहुने, भ्रष्टाचारको कारण खोजी गर्ने र संलग्न जो सुकै किन होस्, दण्डित गर्न सक्यौं भने अरु धेरै गर्न सकिन्छ ।’

उनले अघि भनेका छन्, ‘कुरा कम गरौं, काम धेरै गरेर देखाऔं । कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्क दिक्क भइसक्यो । हामीलाई गफाडीको राजा पनि भन्न सकिन्छ । त्यस्तो संस्कारलाई बोकेर अगाडि नबढौं ।’

नेपालले रेशम चौधरीको रिहाइको माग गरेका छन् । ‘टिकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्चतम प्राथमिकता दिएर उहाँलाई रिहाई गर्न ध्यान जाओस्,’ उनले भने । २०७२ भदौमा टीकापुरमा भएको थारु आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएको थियो । सो घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds