आइरन चक्कीमा कृतिम अभाव गरी ११ करोड भ्रष्टाचार ! -
Comments Add Comment

आइरन चक्कीमा कृतिम अभाव गरी ११ करोड भ्रष्टाचार !

२७ पौष , काठमाडौँ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले हालै टेण्डर गरेको आइरन एण्ड फोलिक एसिड ट्याब्लेट भारीमात्रामा खरिदका लागि टेण्डर गर्दा कम्तीमा ११ करोड रुपैयाँ भ्रष्टाचार हुन लागेको र मुठ्ठीभरका औषधि कम्पनीलाई मात्र सेटिङमा टेण्डर निकालिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा मुठ्ठीभरका माफिया र तस्करले भने एउटा–एउटा शीर्षकमा कुस्ता कमाइरहेका छन् ।

१ करोड ५० लाख आइरन चक्कीका लागि १५ करोड आइरन चक्की उत्पादन गरेको कम्पनीले मात्र टेण्डरमा भाग लिन पाउने भनेर गरिएको बदमासीमा प्रतिचक्की ४५ देखि ५० पैसा भ्रष्टाचार हुने गरी मिलेमतो भएको स्वास्थ्य व्यवसायी संघको अनुमान छ । बजारमा अहिले आइरन चक्की बढीमा ४० पैसा नत्र ३५ पैसामा खुद्रा मूल्यमै पाइन्छ । तर, अहिले भएको टेण्डरमा कुनै एक औषधि कम्पनीलाई मात्र भाग लिन मिल्ने गरी मिलाइएको टेण्डरमा ८५ पैसा प्रतिचक्की मूल्य कायम गर्न खोजिएको पाइएको छ । यसो गर्दा २१ करोड ५० लाख चक्कीमा एक मोहर मात्र मूल्य वृद्धि गर्दा पनि ११ करोड रुपैयाँ भन्दा बढी रकम तलमाथि पार्न विभागका कर्मचारी र औषधि कम्पनीबीच सेटिङ भएको छ । बजारमा ४० पैसामा आइरन चक्की दिन्छु भनेर काम खोजिरहेका कम्पनीहरुलाई ‘१५ करोड चक्की उत्पादन नगरेको’ भनेर डिस्क्वालिफाइ गर्ने काममा कर्मचारीहरुले नेकपा एसका दुई मन्त्री भवानी खापुङ र हीरा केसीलाई जानकारी दिएर यो काम गरे या उनीहरुलाई ‘जान लागेका मन्त्रीलाई किन खान दिनु’ भनेर थाहै दिएनन्, मन्त्रीहरुले बोलेको व्यवसायी र जनता सुन्न चाहन्छन् ।

औषधि उत्पादनमै संलग्न एक व्यवसायीले भने, ‘स्वास्थ्य सेवा विभागले गरेको टेण्डर मिलेमतोमा संलग्न व्यवसायीलाई पार्ने उद्देश्यले आव्हान गरिएको पाइएको छ । हामी लाइसेन्स लिएर औषधिै उत्पादन गर्न तयार भएर बसेका छौँ, कयौँ उत्पादन कम्पनीले औषधि उत्पादन पनि गरिरहेका छन्, तर एकैपटकमा १५ करोड चक्की उत्पादन गरेको कम्पनीले मात्र टेण्डरमा भाग लिन पाइने भनेर सेटिङ गरियो र अख्तियार जान बाध्य भयौँ । औषधि उत्पादन गरिरहेका छौँ, १५ करोड चक्की उत्पादन गरेको सर्टिफिकेट हुनेले मात्र टेण्डर पाउने प्रक्रिया मिलेमतो हो र अरु कम्पनीलाई उत्पादनको लाइसेन्स नै किन दिनु प¥यो रु औषधिमा मात्र होइन, कयौँ उपकरण खरिदमा पनि यसरी नै मिलेमतोमा टेण्डर हुने गरेको विषय धमाधम बाहिर आउनेवाला छ ।’

संघकै तर्फबाट पुस ५ गते अख्तियारमा उजुरी परेपछि स्वास्थ्य व्यवसायी संघले अख्तियारको नेतृत्वसँग पनि यो विषयमा भेटेर छलफल गरेका छन् र छानबिनको माग गरेका छन् । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई पनि भेटेर आइरन चक्कीमा देखादेख ११ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचारको खेल भइरहेकाले छानबिन गर्न र पुनः टेण्डर गरी सस्तोमा औषधि बेच्न चाहने कम्पनीहरुलाई मौकाको वातावरण बनाइदिन माग गरेका छन् । व्यवसायीको प्रश्न छ, ‘सस्तोमा औषधि दिन्छौँ भन्दा पनि काम गर्न पाइएको छैन, विभागका कर्मचारीहरुले हाम्रो लिखित माग र पत्राचारलाई पनि मतलब गरेनन्, कसलाई के प्रक्रियामा यसरी काम दिइयो भन्ने जिज्ञासाको उत्तरसमेत नदिइएर मिलेमतोमा कतिन्जेल महँगोमा औषधि खरिद गरेर राज्यको ढुकुटी सकाउने ?’

देशमा करिब ५ करोड भन्दा बढी आइरन चक्की चाहिँदैन । त्यो पनि वर्षभरिलाई । आर्थिक वर्ष साउनमा शुरु हुन्छ, असारसम्ममा टेण्डर भएको आइरन चक्की वितरण भइसक्नु पर्छ । असोज १४ गते टेण्डर भएको आइरन चक्कीमा मिलेमतो भएको भनेर व्यवसायी अख्तियार र राजनीतिक दलहरु गुहार्न पुगेका छन् । २१ करोड ५० लाख आइरन चक्की उत्पादनको टेण्डर परे पनि कम्पनीले अरु एक महिना समय पाउँछन् । यसो गर्दा फागुनमा आउने आइरन चक्की चार महिनामा बाँडेर सकिएला त रु अख्तियार पुगेर व्यवसायीले सक्कल फाइल मगाइ छानबिनको माग गरेका छन् ।

संघका अध्यक्ष नवराज बस्नेतले भने, ‘बजारमा एउटा आइरन चक्कीको मूल्य ३५ देखि चालीस पैसा छ, तर मिलेमतोमा सेटिङ गरी १५ करोड आइरन चक्की उत्पादन गर्ने कम्पनीले मात्र भाग लिन पाउने नाममा एक चक्की आइरनमा ५० पैसा महँगो मूल्य राखेर ८५ पैसा प्रतिचक्की पारिएको खबर आएको छ, यो बदमासीविरुद्ध अख्तियार जान बाध्य भएका हौँ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds