२७ पौष , काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् ।
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युँताएका थापालाई अध्यक्ष लिङदेनले स्वागत गरे ।चियापान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरू पनि पुगेका छन् ।