Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीको विशेष चेकिङ : हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ७६ ओटा र अवस्था ठिक नभएका ३२ ओटा सवारी साधनका चालक कारबाहीमा

२९ पुष , काठमाडौं । काठमाडौँको चावहिलमा बिहीबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३२ ओटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका३२ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले चावहिल क्षेत्रमा १ सय ७ भन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले कारबाहीका क्रममा लिएका कागजपत्र फिर्ता दिइने छ । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्नको लागी कारबाही अभियानलाई तिब्रता दिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिनु भयो ।

त्यसैगरी अनावश्‍यक रुपमा हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ७६ जना चालकलाई पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ । साथै सवारी साधनमा प्रयोग गरिएका ६५ ओटा प्रेसर हर्नको सोली समेत निकालिएको छ । पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारवाहीलाई थप तिव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै