स्कुल बसको ठक्करबाट पैदाल यात्रीको मृत्यु -
Comments Add Comment

स्कुल बसको ठक्करबाट पैदाल यात्रीको मृत्यु

२९ पुष , काठमाडौं । झापाको गौरादह नगरपालिका-१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७२ बर्षीय तुलसा दाहाल रहेकी छन् । हिजो अपरान्ह ३ बजे माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे. १ ख २६७६ नम्बरको बसले ठक्कर दिदा घाइते भएकी दाहालको उपचारको क्रममा बि. एण्ड. सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक गौरादह-२ का अमरलाल ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds