Comments Add Comment

Advertisment

SKIP THIS

दाङको बाह्रकुने दह लगयत मेलालाई मध्यनजर गर्दै विशेष सुरक्षा : एसपीवली (सागर थापा)

२९ पुष , काठमाडौं । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रतेक बर्ष लाग्ने मेला लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ ।

दह मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको कमान्डमा जिल्लाभर खटिने प्रहरी टोलीले पर्यटकिए एवं धार्मिक स्थल बाह्रकुने दह र लमही नगरपालिका वडा नम्बर ९ मा रहेको श्री बगरबाबा धार्मिक पर्यटकीय क्षेत्रलाई रिहार मन्दिर मेलामा माघे सन्क्रान्तीको दिनमा लाग्ने मेलाका साथै घोराही उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुमा र राजमार्ग सडकहरुमा समेत २४ औ घन्टा मोबाइल गस्ती समेत परिचालन गर्ने एसपी वलीले बताए नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान लगाएतको नेतृत्वमा ९ सय जनाको प्रहरी टोलि समेत परिचालन गरिएको छ । घोराही आसपासका वडाहरुमा मोटरसाइकल र घुम्ती गस्ती टोलि समेत परिचालन गर्ने छ । पुस ३० गते देखि नै विशेष टोलि परिचालन गर्ने दाङ प्रहरीले जनाएको छ ।

चार्डपर्वको बेला होहल्ला गर्ने र समाजमा असान्त मच्चाउने कृयाकलाप गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउने दाङ प्रहरी प्रमुख एसपी वलीले बताए । जिल्लाभर साथै सादा पोसाकमा २४ घन्टा प्रहरी परिचालन गरिएको समेत उनले बताएका छन । माघी चाडपर्वमा शान्तिपुर्वक मनाउन र समाजमा खलल पुग्ने कृयाकलापहरु नगर्न समेत सबैमा आग्रह गरिएको छ । साथै तीब्र गतीमा सवारी साधन र मोटरसाइकल चलाउने हरुलाई समेत निगरानी र मापसे चेकिङ्ग बेथर लाइजर सहित दाङ जिल्ला ट्राफिक प्रहरीसहित कार्वाही गर्ने दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै