माछापुच्छ्रे बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न -
Comments Add Comment

माछापुच्छ्रे बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न

३० पुष , काठमाडौं । माछापुच्छ्रे बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौँमा सम्पन्न भएको सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नाका साथै आर्थिक वर्ष २०७९/८० को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा रू. १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोही अवधिमा बैंकको कुल निक्षेप रू. १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रू. १३१.२७ अर्ब पुगेको छ ।

साथै गत आर्थिक वर्ष बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्घि गरी रू. २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको बैंकले जनाएको छ । पहिलोपटक काठमाडौँमा आयोजना भएको बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभामा संस्थापक एवम् साधारण सेयरधनीहरूको उल्लेख्य सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै