आगलागी हुँदा ६ घरमा क्षति -
Comments Add Comment

आगलागी हुँदा ६ घरमा क्षति

३० पुष , काठमाडौं । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा हिजो बेलुका आगलागी भएको छ ।

प्रहरीका अनुसार सन्तोष राईको घरबाट सुरु भएको आगोले बजारका दुई घरमा पूर्ण तथा ४ घरमा आंशिक गरी ६ वटा घरमा क्षति पुगेको छ । बेलुका ७ बजे आगो लागेको थियो ।

आगोले सन्तोष राई र झमक थापाको घर पूर्ण तथा डम्बरबहादुर थापा, अर्जुन घिमिरे, लिलाबहादुर थापा र डिगबहादुर खड्काको घरमा आंशिक क्षति पुगेको छ ।

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले तथा छिमेकी तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुरबाट आएको दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासमा गएराति नै निभाइएको छ । आगो ताप्न बालिएको कोइलाबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds