३० पुष , काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसालको मनोनयनलाई स्थायी कमिटीबाट अनुमोदन गराएको छ । शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटीको बैठकले भुसालको मनोनयनलाई अनुमोदन गरेको महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।
शनिबार नै बसेको पार्टी सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो । शुक्रबार मात्रै भुसाल स्वघोषणा गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनले चुनावअघि एमाले परित्याग गरेका थिए ।