प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टीहरुको बैठक भोलि बस्ने -
Comments Add Comment

प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टीहरुको बैठक भोलि बस्ने

२ माघ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने पार्टीहरुको बैठक भोलि बस्ने भएको छ ।

आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली छलफल भएको थियो । उक्त छलफलमा उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडले पनि सहाभागि थिए । बैठकबाट बाहिरिने क्रममा पौडेलले मंगलबार विश्वासको मत दिने पार्टीहरुको बैठक हुेन जानकारी दिए ।

पुस २६ गते विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डलाई २६८ मत प्राप्त भएको थियो। प्रमुख प्रतिपक्षी दल हुने अपेक्षा गरिएको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड उसलाई पनि पदीय भागबण्डा मिलाउन इच्छुक देखिएका छन् ।

त्यस्तै, प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय आजै (सोमबार) टुंगिने बताएका छन् । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका र ११ गते सपथ लिएका उनले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds