जन्मदिनको अवसर पारेर डाक्टर रमिल अधिकारीले ल्याएको गजल जिउने चाहनामा केकी -
Comments Add Comment

जन्मदिनको अवसर पारेर डाक्टर रमिल अधिकारीले ल्याएको गजल जिउने चाहनामा केकी

५ माघ , काठमाडौं । डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । डाक्टर अधिकारीको शब्द सृजना रहेको गजल उनले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

जसमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ भने भिडियोमा गीतकार स्वयम् र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । गजलमा दुई डाक्टरको रोमाञ्चक प्रेम कहानीलाई देखाइएको छ । जसमा नायिका केकी पनि डाक्टरकै भूमिकामा छिन् ।

नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले सम्पादन गरेका हुन् । निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।

गीतकार पोखरेली युवा डाक्टर अधिकारी न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि कार्यरत छन् । उनले नेपाल आएको मौकामा आफ्नो सृजनामा भिडियो बनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds