‘सभामुखले कुनै दलमा आबद्ध नहुने घोषणा गर्नुपर्छ’ -
Comments Add Comment

‘सभामुखले कुनै दलमा आबद्ध नहुने घोषणा गर्नुपर्छ’

५ माघ , काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अब निर्वाचित हुने सभामुखले सभामुख बनिसकेपछि कुनै पनि पार्टीमा आबद्धता नरहेको र यसपछिका दिनमा पनि कुनै पार्टीमा नरहने घोषणा गर्नुपर्ने बताएका छन् ।

कुनै एक पार्टीबाट सभामुख बन्दा त्यस पार्टीप्रतिको जिम्मेवारी पार्टी सदस्यताले सभामुखलाई निष्पक्ष नबनाउने उनको भनाइ छ ।

सभामुख चयनका क्रममा उनले सत्तापक्षबाट सभामुखका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै अहिलेको संसद्मा मजबुत प्रतिपक्ष नरहेको संसद् जस्तो नरहेको बताए । उनले सरकार र प्रतिपक्ष एकै भएकाले यो सरकार निरंकुश बन्ने हो की भन्ने शंका लागेको बताए ।

अहिले बाँडीचुँडी खाँदा लोकतन्त्र र यो व्यवस्था नै समाप्त हुने सम्भावना रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds