५ माघ , काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि बिहीबार भएको निर्वाचनमा ५ सांसद अनुपस्थित भएका छन् । अनुपस्थित हुने सांसदहरुमा वर्षमान पुन, बिनाकुमारी थनैत,मनोरमा शेरचन,सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी रहेका छन् ।
एकजना सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् भने वर्षमान पुन बिरामी भएर अस्पताल भर्ना भएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा बिहीबारको बैठकमा २६८ सांसद उपस्थित भएका थिए ।