६ माघ , काठमाडौ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्राम सहित ईलाम सूर्योदय नगरपालिका-१० घर भएका १९ वर्षीय सुबेक प्रधानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
झापाबाट काठमाडौं आउँदै गरेको ना.६ ख ३२६८ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब २० केजी र नगद ४९ हजार रूपैयाँ सहित स्याङ्जा भिरकोट नगरपालिका-२ बस्ने ३५ वर्षीय प्रेम गुरुङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा।२ ग १४१० नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार गुरुङको झोलाबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।