नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न -
Comments Add Comment

नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न

६ माघ , काठमाडौ । नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ४ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणको क्रममा आएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गरेका छन् ।

प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा नेपाली सेनाका ४५ जना शिक्षार्थी अधिकृत र ६ जना तालिम शिक्षकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै