Comments Add Comment

Advertisment

SKIP THIS

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न पुलिस हेडक्वार्टरलाई गृह मन्त्रालयको पत्र

गृह मन्त्रालयले महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काेइरी संसद्मा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए। तर कोइरी पक्राउ परेका छैनन्।

बिहीबार सभामुखको निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भएको नभएको निर्क्याैल गर्न माग गरेका थिए। तर, महताेकाे बिहीबार संसद्मा उपस्थितिसँगै हाजिर पनि देखिएन।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानूनबमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको व्यहोरा अनुरोध छ।’

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै